प्रेमिल नजर 💖👀💞
उसका आँखै प्रेमिल— जुन हेर्दा मन आफैँ पग्लिन्छ, मायाको न्यानो घाम झैँ मेरो मुटुभरि फैलिन्छ। ती नजरले छुँदा शब्दहरू लजाउँछन्, धड्कनहरू बेस्सरी कुद्छन्, सासहरू उसैमा अल्झिन्छन्। आँखा जुध्ने त्यो क्षणमा समय रोकिएझैँ लाग्छ, सारा संसार टाढा पुग्छ, हामी दुई मात्रै रहन्छौं। उसका आँखामा डुब्दा डुब्नु पनि कति मिठो, निस्कन मनै नलाग्ने मायाको गहिरो पोखरी जस्तो। उसका आँखै प्रेमिल— मैले बोल्न नसकेको प्रेम, उसैले चुपचाप मेरो मुटुसम्म पुर्याइदिन्छे। ✍️सन्देश परियार
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
