गुलाफ 🌹
प्रीय, हाम्रो प्रेम केवल एक गुलाफ रैछ, तिमी फूल हौ, म काँडा । हिफाजत गरिरहेँ सधैं, आउन दिएन कुनै बाधा। अनुहारमा खुसी देखेँ तिम्रो, रोक्नै सकिन मुस्कुराउँदै जाँदा। कसैले तपक्कै टिपेर लग्यो, म परेँ गहिरो पिरमा। एक हुनु लेखिएको रहेनछ, हाम्रो एउटै तक्दिरमा। तिम्रो कदर हुन्छ, सजिलै सजिन्छौ शिरमा, म काँडा भएर सुकिरहेँ एक्लै भिरमा।
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
