समयसँगैको दुरी
सुनन, म हुनु र नहुनुमा केही फरक नै छैन र? कि तिमीलाई मेरो अस्तित्वको कुनै कदर नै छैन र? कुनै समय तिम्राे जिनबनको सबैभन्दा प्यारो मान्छे म, अहिले तिम्राे जीवनमा मेरो कुनै अर्थ नै छैन र? पहिले मेरो सानो खुसीले तिम्राे दिन उज्यालो बनाउँथ्यो, मेरा बिना अर्थका शब्दहरू पनि सुनिरहु लाग्थ्यो, तर, आज मेरो अनुपस्थितिले तिम्राे मनमा छटपटी हुँदैन र, आज म बोलिरहँदा पनि मेरो आवाज तिमीसम्म पुग्दैन र? समय बदलिएको हो कि तिमी बदलिएको हो कि तिम्रो जीवनको पानाहरूमा मेरो नाम नै मेटिएको हो? म आफूलाई एउटै प्रश्न गर्छु, दोष समयलाई दिउँ कि आफूलाई........।
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
