"अब तिमी पनि जल"
भन्थ्यौ सधैं “तिमी नै मेरो सबथोक, तिमी बिना म अधुरो हुँ,” त्यसैले त तिमीलाई जिन्दगीभन्दा माथि राखेर आफ्नै खुसी भुलें, तिमीलाई मुस्कुराउन देख्नकै लागि आफ्ना आँसु लुकाएर बसेँ, तर तिमीले सारा माया कुल्चेर, मलाई एक्लै अन्धकारमा छाड्यौ। तिमी छोडेर गयौ, म त भित्रैदेखि चिरेको रित्तो मान्छे बनें, तिमीले दिएको चोट बोकेर, हररात निद्रामा पनि रोएँ, तिमीलाई हर सासमा सम्झँदा मुटु टुक्राटुक्रा भएको महसुस हुन्थ्यो, अब म चाहन्छु त्यो टुक्रिएको आत्मा तिमीले पनि एकपल्ट महसुस गर। तिमी हाँसिरहेकी थियौ, जब म भित्रभित्रै मरेको थिएँ, तिमी रमाईरहेकी थियौ, जब म एक्लै अन्धकारसँग लडिरहेको थिएँ, अब तिमीलाई पनि उही एक्लोपन, उही चिसो मौनताले सताओस्, तिमीलाई पनि रातको गहिरो शून्यतामा मेरा यादले रुवाअोस्। अब म फर्किन्न, न रोकिन्छु, न त माफ गर्छु, मेरो प्रेमलाई कमजोर ठानेर छोड्नेले अब तातो आँसु झार्ने पालो आएको छ, तिमीलाई सम्झेर मलाई रुनु पर्ने दिन सकियो, अब तिमीलाई सम्झिएर तिमी रोऊ , म झन् बलियो बनिन्छु।
Poetry Books 50% Off
Bestselling collections from top poets
