दशै !
दशैँ आयो घर आँगनमा, खुसी छर्छ मन–प्राणमा । टिका, जमरा, आशीर्वाद, मिलन हुन्छ आफ्ना–पराइका साथ । ढोल–नगारा, पिङको रमाइलो, बालापनमा झन् मिठो सम्झाइला । रगतको बलिदान होइन अब, सामाजिक मेलमिलाप हो दशैँ सब । आमा–बुबाको असीम मायामा, भाइ–बहिनीको झन मिठो हाँसोमा । भएकोमा सन्तोष, नभएकोमा आशा, दशैँ बनोस् सबका लागि उज्यालो भाषा । --- महेश पौडेल
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
