व्यथा तकदिरको
व्यथा तकदिरको जिन्दगीको कारखानामा फेरि म अपराधी हुँ,घोषित भ दाँतले नङ टोकेर छालासम्म पुग्दा आज फेरि मेरो दिन आयो जिन्दगीको कारखानामा फेरि म अपराधी हुँ, घोषित भ।। म कैदी वर्षौंदेखि बसेको हो, जसमा वकालती गर्दा म एक्लो छु। परिस्थितिले सपना नदिँदा मलाई दण्ड विधानमा हाल्यो जिन्दगीको कारखानामा फेरि अपराधी हुँ। घोषित भ।। बाँधेको पशुलाई तिमी हिमालमा लगेर फुकाइदेउ उसले आँखा बन्द गरेर दौडन्छ मलाई दौडिएर टाकुरा पुग्न मन छ। जिन्दगीको कारखानामा फेरि म अपराधी हुँ, घोषित भ।। मलाई वर्ष छुटाइएको छैन जसलाई बिर्सिन पनि वर्षौं लाग्छ म उमेरभरको लागि कैदी हुँ जिन्दगीको कारखानामा फेरि म अपराधी हुँ, घोषणा भ।। अपराध के थियो, अपराध जन्मिनु थियो यही देखेका रहर सपना थियो म त हावालाई मुसेर, छाक बनाउँदै बाँच्ने मान्छे त्यही मेरो घाँटीभित्रको सास थियो। जिन्दगीको कारखानामा फेरि म अपराधी हुँ, घोषित भ।।
Poetry Books 50% Off
Bestselling collections from top poets
