"हामीले खून देख्यौं"
हामीले किताब खोल्न खोजेका थियौं, तर खोलियो त गोली हामीमाथि। सपना बोकेका आँखामा धुवाँ छ, केही साथीहरू अब फर्कदैनन्, कहिल्यै पनि। २० जना भन्दा बढी सहिद भएका छन, हिजो सम्म फोटोमा, आज माटोमुनि सुतिरहेका छन्। गोल्डमेडलका सपना बोकेका हातहरू आज छातीमा गोली भरेका छन् । "आदेश थियो माथिबाट", भन्छन्, माथि को हो? –त्यो कुर्सीमा बस्ने, जो विदेशी गाडी चढ्छ, बच्चालाई विदेश पढाउँछ, तर आफ्नै देशका बच्चा मर्छन् बिनाअपराध, बिनाअवाज। के यो लोकतन्त्र हो? जहाँ प्रश्न गर्दा प्राण जान्छ? Gen Z डराउँदैन अब हामी सोध्छौं: किन मर्नु पर्यो हामीलाई? यो सडकमाथि रगत सुक्दैन, यसको गन्ध संविधानमा लेखिनु पर्छ। हामी TikTok बनाउने मात्र होइन, तिमीहरूका झूट खोल्न सक्ने जस्तो पुस्ता हौं। अब हाम्रा पोस्टरमा आगो बल्छ, आँशुमा क्रान्तिको बीउ छ। हामी सहन छोड्यौं, अब बोल्न सुरु गर्यौं। भ्रष्ट आदेश र नालायक शासन, तपाईंहरूको समय सकियो। अब जनता उभिन्छ , ति रितिएक आमाका कारलाई न्याय चाहिन्छ। हामी, Gen Z, फेरि कसम खाइरहेका छौं, साथीको रगत खेर जान दिने छैनौं।
Poetry Books 50% Off
Bestselling collections from top poets
