"अधूरो प्रश्नपत्र"
पढ्ने कोठा त तयार थियो, कलम चल्न आतुर थियो। तर सडकमा उठ्यो आवाज, शिक्षकको क्रान्तिको एउटा राज। शिक्षकले मागे आफ्नो हक, विद्यार्थीले मागे शान्ति र पथ। तर दुवैको सपना रोकिएको छ, १२ कक्षाको परीक्षा स्थगित छ। पढेका किताब अझै हातमै छन्, तर मिति भने अध्यारोमा छन्। भोलिको चिन्ता, आजको अन्योल, विद्यार्थीको मुटुमा छ गहिरो गोल। शिक्षक भन्छन् — "न्याय चाहियो", सरकार भन्छ — "समय छैन अहिले।" देशको भविष्य बीच सडकमा अड्किएको छ, शिक्षा त राजनीति होइन, यो जीवनको साँचो नशा हो । शिक्षकहरू सडकमा, सरकार मौन, विद्यार्थी बीचमा — केही नहोस भन्ने मौन। अधूरो प्रश्नपत्र नबनोस् जीवन, फिर्ता होस् मुस्कान, शिक्षा बनोस् साधन।
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
