म पछाडि छु।
म पछाडि छु। बिहान सित बसेको पात सँगै ब्युँझिएको यो निन्द्रालाई फेरि सुत्ने आलस लाग्छ मसँग अर्को कोही छ त्यसैले म पिछाडी छु। म भोलि बनाउने विचारसँगै आजको घामलाई अस्ताउन दिन्छु म एकोरो जिद्दी छु। म फेरि यही विचारसँगै बस्छु मसँग अर्को कोही छ त्यसैले म पिछाडी छु।। आकाशले आकृति फेरेर कालो हुँदा म मलाई नफेरी जहाँको त्यही छु। समय अघि कुदिरहन्छ म जहाँको त्यही छु मसँग अर्को कोही छ त्यसैले म पछाडि छु। बदलिन्छ रूप छ हुर्किन्छु उमेर छ सपना छ प्रश्न सोध्छ म उत्तर हुँ चुप छु। मसँग अर्को कोही छ त्यसैले म पछाडि छु। पैताला छ पुग्छु अल्छी छ सुत्छु जागर छ जित्छु। हार्छु अझै अचम्म छु। मसँग अर्को कोही छ त्यसैले म पछाडि छु। आँखा छ सबथोक देख्छु। कान छ सबथोक सुन्छु। परिस्थिति छ केही गर्छु म आफ्नो हो, त्यसैले ठग्छु मसँग अर्को कोही छ त्यसैले म पछाडि छु।
Poetry Books 50% Off
Bestselling collections from top poets
