रूख र मेरो संसार
झरेर भुईँमा धुलोसँग मिसिएँ म, आफ्नै अस्तित्व खोज्दै कतै पिसिएँ म। उसलाई त नयाँ पालुवा फेर्ने बहाना भयो, मेरो कथा त त्यहीँ 'अन्त्य' को पाना भयो। हुरी चल्दा ऊ अझै मज्जाले झुल्छ होला, नयाँ कोपिलाहरूसँग फेरि भुल्छ होला। म त सुकेर माटोमा विलिन भइहाल्छु, उसकै फेदमा बसेर उसको खुसी हेरिरहन्छु। ऊ ठिङ्ग उभिएकै छ, आकाश छुने रहरमा, म हराएँ कतै समयको एउटा प्रहरमा। अचम्म लाग्छ सम्झिँदा यो रित्तिएको मन, अझै पनि उसकै छहारी खोज्छ यो पागलपन।
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
