बुबाको पुरानो लुगा
म चाहन्थें बुबा सुन्दर देखिउन्, एकाएक फेरिउन्, नयाँ लुगा पहिरुन्। टालिएको धोती होइन, सुट लगाउँन्, धुलोको होइन, सेन्टको सुगन्ध ल्याउँन्। तर बुबा अझै त्यही पुरानो गम्छा ओढ्छन्, त्यही खेतको माटो बोकेको कमिजमा हाँस्छन्। अनगिन्ती सपना थिए होला उनका पनि, तर सबै थामेर मलाई राजाजस्तै सजाउँछन्। मलाई नयाँ जुत्ता, बुट, रङ्गिन लुगा, तर आफू भने चप्पल सिउरिएर लगाउँछन्। हामीसँग फोटो खिच्न डराउँछन् सायद, आफ्नो लुगा देखेर लाज लाग्ला भन्ने लाग्दो हो। म चाहन्छु बुबा पनि एकदिन दरबार जाउन्, भेटाउन् आफूलाई ऐनामा, नयाँ स्वरूपमा। तर उनी भन्छन्, “म किसान हुँ, मेरो लुगा मेरो गौरव हो,” र फेरि मलाई सिँगार्छन् , सुनको मुकुटजस्तो माया दिन्छन्। बुबा, तिमीले मलाई राजा बनाउँदा, आफूलाई दासजस्तो किन सम्झन्छौ? तिमी मेरो राजा हौ, मेरो प्रेरणा, तिमीलाई हेर्दा, म साँचो शान देख्छु जहाँ।
Poetry Books 50% Off
Bestselling collections from top poets
