"न्यायको सूर्योदय"
नबिक्ने ती मुठ्ठीहरूको अघि, सत्ताको ठूलो सान हारेछ बन्दुकको गोली थापेर हेर, आज जिउँदो ज्यान हारेछ। लाखौंलाइलाई लोभ देखाए, करोडौंको बोली थुन्यौ तर सत्यको हुङ्कारसँग, तिम्रो सारा बेइमान हारेछ। सयौं फूल भुइँमा झारेर, तिमीले जितको उत्सव मनाएको याद छ। आज तिनै रगतको रापले, तिम्रो दम्भ र कमान हारेछ। कुन युगको क्रूरता भनौँ यसलाई? जहाँ सन्तानको छाती छेडियो अन्त्यमा न्यायको उज्यालोमा, अधर्मको त्यो विद्धान हारेछ। समयको खेल हेर यहाँ कति बलवान् रहेछ छाती थाप्ने पुस्ताको अगाडि, तानाशाह पनि हैरान रहेछ। आज आशुले भिजेका सिरानि सम्झिए, कयौं छट्पटीका रातहरु अन्त्यमा न्याय नै ठूलो भयो, कर्मको फल त महान् रहेछ। अनेक आरोप लागे यहाँ, अनेकौँ षड्यन्त्रका जाल बुनिए तर सत्यको जगमा उभिएको, यो त अजेय अभियान रहेछ।
Poetry Books 50% Off
Bestselling collections from top poets
