"स्वतन्त्रता "
उसको अनुहारमा आकाशको सपना छ, तर पखेटामा समाजले बाँधेको डोरी छ। चराझैँ उड्न चाहन्छे ऊ, तर आकाशभन्दा भारी छन् उसलाई सिकाइएका “सीमा”हरू लाज, डर, इज्जत, संस्कार उसको आँखा भन्छ “म स्वतन्त्र हुन चाहन्छु”, तर ओठ चुप छन्, किनकि प्रश्न गर्दा उसमाथि औँला ठडिन्छ। ऊ उड्न नसक्नुको कारण उसमा पखेटा नहुनु होइन, उसलाई बारम्बार पखेटा काट्न सिकाइएको हो। उसको खुट्टामा हथकडी छैन, तर सोचमा हजारौँ ताल्चा छन्। उसको शरीरमाथि कानुनभन्दा धेरै नैतिकताको पहरा छ, उसको मौनतालाई संस्कारको नाम दिइएको छ। स्वतन्त्रताय उसका लागि अपराध हो, र आज्ञाकारिता पुरस्कार। जबसम्म उसको हाँसो नियन्त्रित छ, उसको सपना अनुमति माग्छ, र उसको जीवन अरूको इज्जतमा बाँच्न बाध्य छ ✍️अबिना तामाङ
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
