देखासिखिको सहर
सहरका सडकहरू उज्यालो, तर हृदयमा अँध्यारो। चम्किला बोर्ड, रंगिन बत्ती, तर भावनाको बजार खाली। मान्छे दौडिरहेका, पर्खिरहेका, आफ्नो सपना खोज्दै, तर समयको चक्कीमा हराउँदै। कफीका कफिन, ब्रान्डका पसल, अझै पनि मन भरी खाली। सहरका गगनचुम्बी भवन, तर माया कहाँ पुग्छ भनी सोचाइ। सपना देख्ने आँखाहरू थाकेका, तर आशाको लहर कहिल्यै मर्छैन। सहरले देखाउँछ भव्यता, तर सिकाउँछ धैर्यता। सहरका सडक, सहरका मानिस, सबैसँग छ कथा, केही खुशी, केही पीडा। तर यो देखासिखिको सहरले भन्छ, "जीवन सधैं चम्किलो हुँदैन, तर सिकाइ कहिल्यै सक्दैन।" --- महेश पौडेल लिखु तामाकोशी 7 रामेछाप
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
