चाहे को कै नपाउने म अभागी
✍️ ईश्वर ढकाल चाहे को कै नपाउने म अभागी, तर मन त उसैको नाममा बाँधिएको छ, हर बिहान उसको सम्झनाले सुरु हुन्छ, र रात उसका सपना बोकेर टुंगिन्छ। उसको मुस्कान देख्दा अझै हृदय धड्किन्छ, उसका शब्दहरू आज पनि कानमा गुन्जिन्छ, सम्झनामा उसको आवाज सजीव हुन्छ, तर यथार्थमा ऊ टाढा, अन्जान बन्छ। कति चोट पाएँ म, उसकै सम्झनामा, कति कुरा मनमै राखें, आँसुका धारामा, माया गरेको अपराध भएछ सायद, त्यसैले त जिन्दगी नै तीर बनेर लाग्छ हृदयमा। उसका बाटाहरू आज पनि हेर्छु म, शायद फर्किएला भनेर पर्खन्छु म, तर हावा मात्रै चल्छ, ऊ त कहाँ आउँछ, मनको कुरा ऊ त कहिल्यै बुझ्दैन। सपना थियो साथमा हाँस्ने, जीवनभर माया बाँड्ने, तर भाग्यले त्यो अधूरो रह्यो, र म एक्लो, उसको सम्झनामा हराएँ। तर पनि, माया त माया नै हो, नपाए पनि हृदयमा बस्ने रहर नै हो, ऊ खुशी रहोस् जहाँ भए पनि, म त उसको सम्झनामा बाँच्ने रहरमै हो।
Poetry Books 50% Off
Bestselling collections from top poets
