खुकुरीको डोब
वीर सपूत गौर्खालीहरूको शान पूर्खाको जीतको असली निशान बिजुली चम्किन्छ जब छ तिखो धार महान् छ. योद्धाको प्रिय हतियार । मुस्कुराउछ युद्ध जब युद्धमा खुकुरीको पाता फर्किन्छ इतिहास गजबको गाथा बुद्धिमानी यौद्धाको हतियार वलवान् हरेक युद्धमा जीत यही हो महान । चम्किन्छ बिजुली जब प्रयोग यसको आउछन् तूफान त्यसमा हात छ र कसको यससँग दाज्ने अरुको छैन वसको विश्वमा चिनाउने शक्ति त कसको । इतिहास देदेखि चलिआएको रीति यसको प्रयोग गर्नलाई चाईदैन तिथी बजिराख्छ कम्मरमा योद्धाको तिडिदिन्छ नीतिहरू युद्धको । वीरहरूका पाइला हिड्ने गगनमा छाप छोड्ने ज्योति यो जगत्मा नेपाली पुत्र बनेको यसको महिमा सप्रन्छ तिखो धार युद्धको लहिमा ।
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
