"अझै नपुग्ने सपना
सपना देखेँ ठूलो बन्ने, आँखा चिम्लिँदा आमा हाँसिरहेकी थिइन्, तर यात्रा सुरु गर्न बिदाइको ढोका खोलेँ, मुटु पनि आँसुले भिजिरहेकै थिइन्। बोकेको थिएँ किताब, कलम, केही सपनाका टुक्रा झोलामा, त्यही झोलाभित्र लुकेको थियो घरको याद, र केही अधूरा लाजका सपना। सहर आयो, ठूला घर, ठूला कुरा — तर कोठा मेरो एक्लो भयो, झ्यालबाहिरको बत्ति टल्किए पनि, मनभित्र गहिरो अँध्यारो भयो। पढ्न त सक्थेँ, रातभर जागा बस्थेँ, तर अक्षरहरूले कुरा मान्दैन थिए, हर एक पानामा घर सम्झना आउँथ्यो, आँखा ओझेल अनि मन बर्बाद जस्तो लाग्थ्यो। परीक्षा आयो, उत्तर गुम्यो, म फेरि परेँ असफलताको घेरामा, जब साथीहरूले हर्षले फोन गरे, म रोएँ फेरि निदाएको छेउमा। आमा सोध्थिन् — “पास भयौ?” म झुट बोल्थेँ — “अँ, भयो!”, तर मुटु चिच्याइरहेको हुन्थ्यो — “छैन... फेरि पनि गुमायो…” हप्तौं बिते, किताबहरू बिर्सिए, आँखा केवल फेसबुक स्क्रोल गर्थे, जीवनको लक्ष हराएर, बाँचिरहेछु भन्ने भर मात्रै गर्थे। कहिलेकाहीँ लाग्थ्यो, म नै कमजोर हुँ, प्रयास नै नगरेजस्तो महसुस गर्थेँ, तर गहिरोमा एउटै आवाज गुञ्जिन्थ्यो "फेरि उठ्, तैंले अझै हार मानेको छैनस केहि बाँकी छ रे?"
Poetry Books 50% Off
Bestselling collections from top poets
