"होलिको शुभकामना "
फागुपूर्णिमा (होलि)को सम्पूर्णमा हार्दिक शुभकामना!🙏 रङहरूको यो पर्वले हामीलाई सम्झाओस् भिन्न विचार, फरक सोच, अलग दल भए पनि हामी सबै एउटै देशका सन्तान हौँ। देशमा राजनीति तातिएको छ, आरोप प्रत्यारोप बढिरहेको छ, तर आजको दिन घृणाको कालो रङ धोएर माया, एकता र विश्वासको रङ दलौं। होलिको सन्देश यही छ। असत्यमाथि सत्यको जीत, अन्यायमाथि न्यायको जीत, अन्धकारमाथि उज्यालोको जीत। देश परिवर्तन नारा मात्रै होइन, मन परिवर्तनबाट सुरु हुन्छ। यो होलिले हामी सबैको जीवनमा शान्ति, सद्भाव, जिम्मेवार नेतृत्व र समृद्ध नेपालको आशा भरिदियोस् रङहरू जस्तै हाम्रो देश पनि उज्यालो बनोस्। 🇳🇵 l #mankasabda - Abina Gole
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
