खै म कहाँ हराए?
सपनाको गल्लीमा हिँड्दा, आफ्नै छायाँ पनि हरायो। मनको प्रश्नलाई उत्तर खोज्दा, एउटै शब्द दोहोरियो— “खै म कहाँ हराए?” संसार त छ घामझैं उज्यालो, तर भित्र अँध्यारो छायो। आफैलाई खोज्ने यात्रामा, आफैसँगै टकरायो। सायद म हराएको छैन, बस् समयले बदलिदिएको हो। तर मनले अझै सोधिरहन्छ— “खै म कहाँ हराए?” --- mahesh paudel
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
