"मसानघाट "
सास मात्र लिएर आएको मान्छे यो संसारमा, घमण्ड बोकेर बोल्छन् सबै कुरा अन्त्यमा मनका सपना उज्यालोमा चम्किन्छन् , तर साँझ पर्छ सबै दुलोमा मिल्छन् अन्त्यमा सिर्जना अस्तित्व प्रेम र विश्वास केही बाँच्छ? केवल रहन्छ सम्झना अन्त्यमा जीवनको एउटै आधार यो सास मात्र हो। घमण्डको ताल चुपचाप रहन्छ अन्त्यमा। हाँसो रोदन शक्ति सबै नासिन्छन् तर माटोले मात्र सम्झन्छ अन्त्यमा रिस राग घमण्ड सबै फसाउँछन् मनमा, तर मसानघाटमा सबै हुन्छन् अन्त्यमा जीवन केही होइन सबै व्यर्थ छ। अन्तिम गन्तव्य हो मसानघाट। यति त रहेछ अन्त्यमा
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
