कविता : "अवसाद"
म हाँस्छु, किनकि रोएँ भने प्रश्न उठ्छ, “किन?” भन्ने शब्द मसँग जवाफ छैन। भीडभित्र उभिएर पनि म एक्लो छु, मेरो मौनतालाई कसैले आवाज ठानेन। भित्र कतै नबोलिएका शब्दहरू थुप्रिएका छन्, जसलाई बाहिर ल्याउन खोज्दा स्वास नै भारी हुन्छ। रातहरू लामो छन्, निद्रा डराएर भाग्छ, आँखा बन्द गर्दा आफैंसँग डर लाग्छ। म बलियो देखिन सिकेँ, तर थाकेको आत्मा कसैलाई देखाउन मिल्दैन रहेछ, यो समाजमा। मेरो पीडा न त देखिन्छ, न त सुन्न सकिन्छ, तर यसले हरेक दिन मलाई भित्रैबाट चुपचाप मार्दैछ। यदि कहिल्यै मेरो मौन चिच्याहट सुन्न सके, त्यही दिन बुझ्नेछौ अवसाद आवाज होइन, तर सबैभन्दा ठूलो चिच्याहट हो। रात पर्दा मेरो अभिनय सकिन्छ, ऐनासँग आँखा जुधाउन सक्दिनँ, किनकि त्यहाँ थाकेको, हारिसकेको म आफैं उभिएको हुन्छु। म सबैलाई सम्हाल्दै हिँडेँ, तर आफूलाई सम्हाल्ने कोही भएन। म सबैको साहारा बनेँ, तर आफ्नै साहारा हुन सकिनँ। म बोल्दिनँ, किनकि बोल्न थालेँ भने टुक्रिएर झर्ने डर छ। म चुप लाग्छु, र यही चुपले मलाई खाँदैछ। म सबैलाई सम्हाल्दै हिँडेँ, तर आफूलाई सम्हाल्ने कोही भएन। म सबैको साहारा बनेँ, तर आफ्नै साहारा हुन सकिनँ।
Poetry Books 50% Off
Bestselling collections from top poets
