*म एक्लो छु*
✍️ ईश्वर ढकाल म, एक्लो छु... जस्तो आकाशको कुनामा आशा हराएर बसेको बादल, निरन्तर बग्दैछु म पनि, तर कहाँ-कहाँ टुटिरहेको छु, कसैले नदेख्ने गरी। मनभित्र थुप्रै पीडा छन्, तर सोध्ने कुनै आवाज छैन। हाँसोभित्र लुकाएको यो चोट कसैको हृदयमा बज्दैन । केही मान्छे, भीडजस्तै आउँछन्-जान्छन्, तर साथ दिने आत्मा भेटिदैन। कसैको काधमा टाउको टेकेर एकछिन रोऊँ जस्तो लाग्छ, तर त्यो काध मसँग कहिल्यै हुँदैन। म, एक्लो छु... तर मनको गहिराइमा कतै सानै उज्यालो बाँकी छ - एउटा आशा, एउटा प्रतीक्षा, कि कहिल्यै त कोही आउनेछ, र भन्नेछ- "तिमी एक्ला छैनौ।" तर खोई कहीले ???
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
