अदालत
सत्यको खोजीमा पस्छन् मान्छेका आँखा, आशाको भारी बोकेर पुग्छन् अदालतका बाटा। कसैले निर्दोष प्रमाणित हुने सपनाले भरिन्छ, कसैले सजायको डरले निल्नै नसक्ने पीडा गरिन्छ। न्यायको तराजु भनिन्छ, दायाँ–बायाँ हल्लिन्छ, कहिले आँसु, कहिले मुहारमा मुस्कान पल्किन्छ। हथौडाको एउटा चोट, भाग्यको घोषणा जस्तो, कसैको जिन्दगी अन्धकार, कसैको उज्यालो बन्छ यस्तो। तर प्रश्न उही रहिरहन्छ, हरेक पानामा लेखिँदै, के साँच्चै न्याय समान छ यहाँ? कि पैसाले मात्रै तौलिँदै? --- mahesh poudel
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
