तिमी र म
तिम्रो जस्तै मेरो पनि मुटु छ, तिम्रो जस्तै, मेरो मुटु पनि उनको लागि धड्किन्छ, तिमीले जस्तै म पनि उनलाई असाध्यै माया गर्छु, र तिमीले जस्तै म पनि उनलाई आफ्नो संसार ठान्छु।। तर, अंतर छ नी हामीमा... तिमीले उसलाई सब कुछ मानेकी छ्यौ तिमीले उसलाई संसार ठानेकी छ्यौ जसको तिमीलाई हिजोसम्म नाम पनि थाहा थिएन, उसलाई तिमीले आमाबाबु भन्दा माथि मानेकी छ्यौ ।। र, म, उनलाई सबकुछ मान्छु, म, उनलाई मेरो संसार ठान्छु, जसले मलाई नाम दिनु भो, जसले मलाई नयाँ पहिचान दिनु भो, जसले घर दिनु भो, जसले भर दिनु भो, जसले साँचो प्रेमको अर्थ दिनु भो, के चै दिनु भएन होला र, जसले आफ्नु संसार बिर्सिएर, मलाई नयाँ संसार दिनु भो, मेरो पहिलो प्रेम, मेरो भगवान मेरो आमाबुबा, जसको तारिफ गर्न थाले भने मेरो सात जन्म पनि कम पर्छ।। तर, अंतर छ नी हामीमा... उसको यादमा, आफ्नो आमा बुबालाई बिर्सिने तिमी, मलाई भने उनको भन्दा बढी, कसैको याद आउँदैन।। तर, अंतर छ नी हामीमा... उसको राम्रो अनुहार, र, त्यो भरिएको गोजीमा सन्तुष्ट तिमी, मलाई भने, मेरो बुबाको त्यो रित्तिएको गोजी भर्नु छ, र, मेरी आमाको त्यो मुहारमा, कहिल्यै नहट्ने मुस्कान ल्याउनु छ।। तर, अंतर छ नी हामीमा...
Poetry Books 50% Off
Bestselling collections from top poets
