अर्को बाल्यकाल
त्यो नानी मुटुमा हाँसो थियो, हर दुःखको उत्तर खासो थियो। न त चिन्ता, न त डरको ताल, त्यो त केवल निस्पाप बाल्यकाल। सपना सस्तो, मन ठुलो थियो, बाँसुरीको स्वरमा जीवन ढुल्थ्यो। न कसैको मान, न शर्त थियो, जसरी आयो, खुशी त्यस्तै गर्थ्यो। अब त जिम्मा, समय, र कर्तव्य छन्, मुटुका कुरा सबै मौन छन्। न त खेल, न त रमाइलोको सार, जीवन अब बन्यो “अर्को घर”। सपनाले झ्याल ढकढक्याउँछ, तर म उत्तर दिन सक्दिनँ अब। किनकि त्यो बेला फर्किन्न, बाल्यकाल त केवल सम्झनामा अब। --- महेश पौदेल लिखु तामाकोशी -7 रामेछाप
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
