निशब्द मनका कुरा 🕊️
शब्दहरू त धेरै छन्, तर बोलिँदैन, मनभित्रको कुरा त केवल महसुसिन्छ। नयनले लेख्छ कथा मौनतामा, जिब्रो त केवल हावासँग हराउँछ। भावनाको लहर त उर्लिन्छ भित्रै, तर किन हो, आवाज बन्द रहन्छ। मुस्कानमा लुकेका रहरहरू, कहिल्यै सम्पूर्ण भनिँदैनन् कहरमा। कसैको सम्झनाले झुम्छ मन, तर शब्द खोज्दा, मौनता मात्र भेटिन्छ। निशब्द मनका ती कुरा, कविता बनेर निस्कन्छन् आँसुका रेखामा। 💧 --- महेश पौडेल लिखु तामाकोसी -7 रामेछाप
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
