सोच र समाज
सोच अनुसार जिउने कि समाज अनुसार ? समाज अनुसार जिउदा त मरि मरि बाच्नु पर्छ सोच अनुसार जिउदा त फेरि बिद्रोहमा बाच्न पर्छ दोदारमा छ जिन्दगी सोच मारौ कि समाज त्यागौ कतै मरि मरि बाचेको देख्दा देह नै त्यागु झै लाग्छ सोच बुझ्नेहरु भेटेको भए समाजमा छु जस्तै लाग्द्थ्यो सोच कै कारण बिरानो लाग्दछ जिन्दगी समाज महत्त्व होकि सोच महान बुझ्न सकिएन बिरानो जिन्दगीमा एक्लै परेको छु सोचले गर्दा समाजको डरले सोच कति मार्ने ? देह त्याग्ने कि सोच ,समाजले कहिले बुझेनन सोचको कारण समाज बदलिनु पर्ने हो तर यहाँ समाजकै कारण सोच बदलिनु पर्ने छ तपाईं नै भन्नुस म के गरु, मरु कि बाँचु वा हाँसु ? सोचकै कारण म परिस्कित छु पुरस्कार कहिले पाईन
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
