आत्मियता झरिसङ
उखर्माउलो गर्मीले असिनपसिन बनाएको मन, झरीको आगमन हुनासाथ काल्पनिक दुनियाँमा रमाउन थाल्छ। केही नलेखु भन्दा पनि लेख्न बाद्य्य बनाइदिने यो झरीसङ मेरो धेरै पुरानो साइनो गाँसिएको छ। धेरै भन्ने गर्छन् , आहा कस्तो रोमान्टिक मौसम!! होला,रिसाएर अलग्गै हिँडेका प्रेमिल जोडीलाई एउटै छातामा बध्न सक्ने यो झरी कयौंलाई मनमोहक, प्रेमका तरंगले भरिभराउ लाग्ला तर मेरो लागि यो झरी अत्यन्तै साहित्यिक छ। साहित्यलाई रोमान्टिसाइज गर्ने मानिसहरुमा चाँही म परिन। मलाइ बादल झरी बनेर झरेको हेर्न अति नै मन पर्छ सायद बादललाई मैले आफ्नो मनको बह सङ सधैं दाज्ने गर्छु। मनको बह सबै आसुले झारेजस्तै बादललाई झरिले झार्छ। मनको बह हरुको खात लागेर मनले थम्नै नसक्ने अवस्थामा यी सबै आसुको माध्यमबाट पोखिन्छन् जसरी बादल आफुलाइ थम्न सक्दैन। मेरो र झरिमा केवल एत्ति भिन्नता छ कि झरि त कहिलेकाहीं विश्राम लिन्छ नि तर यो मनले विश्रामलिने नाम लिँदैन। मेरो जीवन र झरी धेरै कुरामा मेल खान्छन् त्यसैले झरी पर्नासाथ मलाई मेरो आफ्नै मान्छे नजिकिएको आभास हुन्छ। ©anuja1
Poetry Books 50% Off
Bestselling collections from top poets
