बुबा
बुबा त पहाड जस्तै अडिग, सधैं सन्तानको लागि दृढ र ठिग। तिमी बिना घर अधुरो हुन्छ, आशाको दियो बुबामा मात्र बल्छ। मिहिनेतले भिजेको तिम्रो पसिना, सपना पुरा गर्न अटुट नौका। मौनै भएर सुख दुःख सहन्छौ, तर हाम्रो लागि हाँसी मात्र देखाउँछौ। बुबा, तिम्रो मायामा गहिरो समुद्र छ, त्यो करुणा, त्यो बल, शब्दले कहाँ पुग्छ? जीवनभरि उस्तै छायाँ भएर, बुबा, तिमी नै हाम्रो सबैभन्दा ठूलो सहारा भएर। महेश पौडेल लिखु तामाकोशी ७ ,रामेछाप
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
