छोरा हो गर्नै पर्छ
उमेर धर्किदै गयो, घरको ढोका बाहिर टाढिनै पर्छ। आफ्ना सपना मनभित्र राखी, परिवारको लागि पसिनै बगाउनै पर्छ। हजुरबुबाको नाम, बुबाको मान, काँधमा बोकेर हिँड्नै पर्छ। थकाइले ढल्किए पनि, बलियो मुस्कान देखाउनै पर्छ। मन रोए पनि, “ठिक छु” भनेर हाँस्नै पर्छ। दुःख, पीडा, अभाव सब सहेर, सपनाको सहरमा बाँच्नै पर्छ। घरको माया, आमा-बुबाको सम्झना, आँसुमा मिसाई लुकाउनै पर्छ। अन्ततः — छोरा हो, भनिसकेपछि, जिम्मेवारीको भारी काँधमा उठाउनै पर्छ।
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
