***मलाई कलमले समेट्छ***
****मलाई कलमले समेट्छ**** रुईले पनि बिजाउन थालेको छ निन्द्राको विश्वास छैन म आफ्नै आँगनमा चिप्लिएको मान्छे हुँ। शरीरको अङ्ग छरिएर छालाढुङ्गामा छ। लाग्छ आकाशभरि छरिएको छु बस मलाई कलमले समेट्छ। नाङ्लोको बिस्कुन जस्तै, म आफन्तलाई पर पर देख्छु। जातोको मकै जस्तै, म आफैलाई फुटाएको देख्छु। रब्बरको एउटा टुक्रो जस्तै आफ्नै गन्तव्यको आगोमा बिलाएको देख्छु। घुँडा टेकेर हिँड्ने समयमा म आफ्नैलाई बेकार पाइतला जस्तै देख्छु। मेरो विचार जहिले छरिन्छु मलाई कलमले समेट्न सक्छ। म पारिजातको फूल जस्तै हरेक बिहान आफूलाई माटोमा देख्छु। छेउमा थुँगे सयपत्री बिउँझिदा म हजारौँ हारसँग बिउँझिन्छु म पखेटा नभएको चरो म को हो भनेर जहिले छरिन्छु बस मलाई कलमले समेट्छ। म साँझ हावाको सुस्केरो हुँ। मलाई अडिन म ठोकिनुपर्छ म जाडोमा बल्झिएको घाउ हुँ मलाई वर्षौं लाग्छ निको हुन बस मलाई कलमले समेट्छ। म पुस्तासँग बदलिएको संस्कृति हुँ मलाई केवल पश्चाताप हुन्छ म त एक्लो सहरको राजा त्यो जुनु हुँ मलाई रात धेरै प्यारो लाग्छ बस मलाई कलमले समेट्छ।। __sumiran sapkota __
Poetry Books 50% Off
Bestselling collections from top poets
