सायद जुनको मुन्तिर
सायद कुनै फूलको बोटमुनि देखे हुँला यसै सुन्दर लागिरहेथ्यो जसै जसै नजिक गएँ यसै यसै सुगन्धित लाग्दैथियो सायद जूनको मुनि देखे हुँला ल्याएँ यसै यस्लाई झाडीबाट उठाएर बस् यसै गमलमा रोपें मगमग बासना भरिएर फुल्यो यस्को बोटमुनि बसें यस्को रोशनीले म समेत उज्यालो भएँ उस्को बोटमुनि बस्दा पनि उस्को सँगतमा रहँदापनि जति अच्छा हुनसक्थ्यो हुनसक्यो भयो जति रंगीन हुनसक्थ्यो भइगयो जति हुनसक्थ्यो त्यति सुन्दर भयो सायद म हिमालको मुन्तिर छु तब त्यति स्निग्ध त्यति सफा देखिदैथिएँ त्यति मनमोहक देखिदैथिएँ
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
