कमजोर बलो
कमजोर बलो ढुङ्गाको चेपबाट निस्केको पानीले बाटो देखेजस्तै के दुःखले बाटो देखेर मलाई पछ्याउँछ हो? फल फलेर कुइन्छ, म फुलेर कुइन्छु कोही माटोमा टेकेर जिउछन् मलाई माटोमा सुतेर जिउनु छ।। तिमीले ढुङ्गा हान्दा एउटा चरा मर्यो है। मलाई मार्न म पट्टि के आएको थियो एकैचोटि छातीमा आयो फुट्यो छाती भित्रबाट छत बनाउने सपना आयो।। बुढो भएको हजुरबाले भन्नुहुन्थ्यो जिन्दगी बुझ्न तैले जिन्दगी जिउनुपर्छ मैले एउटै चोटमा आफूलाई गुमाए वहाँलाई भन्न मन छ वहाँ पुगेको ठाउँमा पुगेर जिन्दगीको परिभाषा भन्न मन छ। तर त्यहाँ पुग्न, मलाई कसैले पुर्याउन सक्छ? मैले दाउराको झिक्रा म अड्किएको मकाएको बाँस झिक्दा म आफै मकाएको आवाज आउँछ। जो सल्किन्छ तिम्रो लागि तर म सल्किन्छु प्रकृतिको विरुद्धमा मेरो धुवासम्म अपराधी हो, हो म अपराधी हो। जसले मलाई खुसी दिन सकेन।।
Poetry Books 50% Off
Bestselling collections from top poets
