"अब म आफैँलाई माया गर्छु"
सधैं अरूका नजरमा आफूलाई नाप्ने गरें, अरूले रुचाएनन् भनेर आफैँलाई दोष दिने गरें, तर अब बुझें , म कसैको स्वीकृतिबिना पनि पुरा छु, अब म आफैँको लागि बाँच्ने निर्णय लिएको छु। दर्पणमा हेर्दा पहिले कमजोरी देख्थेँ, तर आज त्यो अनुहारमा साहस देख्छु, ती आँखा थाकेका छन्, तर आँधी पार गरेर आएका छन्, र ती ओठ, अब अरूको लागि होइन, आफैँको मुस्कानका लागि खुल्ने छन्। अब म आफूलाई गाली गर्न छोडेको छु, हर गल्तीमा सिकाइ देख्न थालेको छु, म टुटेँ, तर फेरि उठेँ बलियो बन्ने छु, अब म कुनै “अपूर्ण प्रेम” को भिखारी होइन, म आफैँ राजा हुने छु। कसैले माया दिएनन् भनेर रुने दिन गए, अब म आफैँलाई अँगालो हाल्छु, आँसु पुछ्छु, संसारले बुझोस् या नबुझोस्, म आफैँमा मूल्यवान् छु, र यो आत्ममाया साँचो, स्थायी, र अडिग साबित गर्नेछु।
Poetry Books 50% Off
Bestselling collections from top poets
