समर्पण र प्रार्थना
मेरो मुस्कानले कसैको ओठको हाँसो लुट्छ भने, खोसेर लैजाउ मबाट यो झुठो खुसी फेरि !! मेरो उपस्थिति कसैलाई बोझ लाग्ने गर्छ भने, बिलाएर जाऊँ म कतै, ऊ स्वतन्त्र होस् फेरि !! उसको सफलताका लागि मेरो असफलता चाहिन्छ भने, मेरो यात्रामा लेखिदेउ, ती ठेसहरू फेरि !! मेरो भाग्यको उज्यालोले उसको बाटो छेकिन्छ भने, निभाइदेउ मेरो दियो, ऊ चम्कियोस् फेरि !! म हारेरै ऊ जित्छ भने यो संसारको लडाइँमा, मलाई नै स्वीकार छ, यो जीवनको हार फेरि !!
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
