मेरो कविता
मेरो मसी, मेरो भित्री धारणाको चित्रण मेरो हृदय र मस्तिष्क बीचको बन्धन मैले पोख्ने शब्दहरुका लागि एउटा पात्र विचारहरु आपसमा जोडिने एउटा मार्ग । मेरो कलम, मेरा भावनाहरु बुन्ने एउटा छडी मेरा कथाहरुलाई नयाँ आवरण दिने कुन्जी मनका अनेकौं प्रकोपहरु मार्ने तरवार म बिलाउदा मार्गदर्शन गर्ने एउटा प्रकाश । मेरा शब्दहरु, एउटा मन्द वायु जस्तै खुला वातावरणमा अनिश्चित रुपमा बग्दै एउटा धुन जस्ले मेरो मनलाई बनाउछ मुक्त एउटा स्पर्श जस्ले देखाउछ मलाई सुन्दर गन्तव्य । मेरो कविता, मेरो आत्माको प्रतिक वास्तविक जीवनको दृश्य र छायांकन काल्पनिक मेरो सारको एक मात्र दरपण मेरो जीवनको मूल पात्र हुनेछ हरपल ।
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
