प्रेमको आफ्नै एउटा अर्थ
सर्तहरू त दिमागका थिए, मुटु त निस्वार्थ नै थियो, तिमीले बुझ्न ढिला गर्यौ, मेरो प्रेमको आफ्नै एउटा अर्थ थियो। आकासमा बादल बनेर म झुल्किएको होइन, तिम्रै यादको छायाँ हो, जसलाई तिमी 'भ्रष्ट मन' भन्छौ, त्यो त अझै बाँकी रहेको माया हो। बाटो फेर्नु बाध्यता होला, तर भावना बदलिएको छैन, हामी एक थियौं या अनेक, यो प्रश्नको उत्तर कतै लेखिएको छैन। कष्ट त दुवैतिर उस्तै हो, तिमी प्रश्न गर्छौ— म मौनता रोज्छु, हरेक पटक आफैंलाई गुमाएर, म तिम्रै खुसीको अर्थ खोज्छु। व्यर्थ त केही पनि थिएन, न त्यो खोजी, न त हाम्रो सामीप्यता, समयले कोरेको रेखा मात्र हो, यो आजको हाम्रो टाढिँदो दूरी र रिक्तता। अधुरा प्रश्नहरूलाई प्रेमको उपहार ठानेर सम्हालिराख, किनकि कहिलेकाहीँ जवाफ नपाउनु नै, प्रेमको सबैभन्दा ठूलो सार्थकता हो।
Poetry Books 50% Off
Bestselling collections from top poets
