"म एक्लै थिए "
मेरा आफ्ना थिए आफन्त थिए। तर म एक्लै थिए। हर्ष थिए उमङ्ग थिए। तर स्थिति बेग्लै थिए। जब समयले जीवनको एक खेल खेल्यो, त्यही खेलमा म एक्लै थिए। जब मेरो प्रगतिमा उकालोको छाया परे, तब तालीको वर्षात हुन थाल्यो। जुन दिन परिस्थितिले, ओरालेको दिशा निर्धारण गरे। त्यो दिनदेखि म एक्लै थिए। सुखमा साथ मिले, दुःखमा लात मिले, मिल्नै नहुने जीवनमा अनेकौं घात मिले, जब हावा हुरीको चलाई बेग्लै थियो। कालो बादलसँगै वर्षा भो, एक हातले छाता ओडे, दुःख तब लाग्यो, आँसु पुछ्ने हात पनि त एक्लै थिए। भगवानलाई नपुकारेको कुनै एक शब्द छैन। सुनवाईको जवाफ नभएपछि , लाग्यो मेरो लागि म नै छैन घाउमा मलम लगाउने डाक्टर नभेटेपछि , व्यथा सुनाउने बन्द गरे । आफ्नो ब्यथा आफै पढी पिल्पिल आँसु झारे , कसैलाई चित्त बुझाउन नसकिने, सायद मनै त्यस्तो थिए। त्यसैले सबैको लागि म थिए। मेरा लागि म एक्लै थिए। ✍️अबिना तामाङ
Poetry Books 50% Off
Bestselling collections from top poets
