'फूल'
फूल ! बगैंचामा फुल्दैछौ कि कतै कसैको सहारा गमलामा छौ? माथी माथी लेकमा आफ्नै गाउँको प्रख्यात नाम बोकेर जन्मेको तिमी लालिगुँरास! कहिले अग्ला पहाड,पहराहरूमा ,भिर पर्खालहरूमा आफ्नै स्वतन्त्र रूखहरुको मेरुदण्डमा फुलिरहन्छौ सुनखरि ! यहीँ अर्थमा बाँच्नेहरु कसरी बाँच्दैछ्न् ? आफ्नो प्रेममा निर्दोष फूललाई निमोठेर गुलाफहरूले कत्तिको मगमगाउँन पाएँ? भन्ने प्रश्नको क्रान्ति कसले गरिदियोस्? के आफ्नै प्रेममा बाँचिरहन पाएँ त गुलाफहरू? सत्यको पनि सत्य यहि हो। गुलाफले अरु कसैको प्रेमको निम्ति ओइलिनु पर्यो। ए.......! सबै सबै फूलहरू तिमी त्यहाँ पनि गएर उम्रनु जहाँ ढुंगाको उल्टो श्वास फेर्ने मुटुहरू छन् श्वास मरेको गुलाफ उपहार दिनुभन्दा जीवित बगैंचा देऊ ताकि प्रेमको अर्थ सधै जीवित रहिरहोस् ! तिखो धारिएको कडाहरूको जमात छुट्टै छ फ़ेरि यो दुनियाँमा। त्यस्तै विचारहरूको हतियार बोकेर चलखेल गर्ने राजनीति छ। फूल ! तिमी कहाँ कहाँ अल्झिन सक्छौ आफ्नो लहरा बोकेर जाउ बन्दुक तेर्साउनेको अगाडि फूलिदेऊ!!
Poetry Books 50% Off
Bestselling collections from top poets
