परान
सहरको भीडमा हरायो परान, न त गाउँ बाँकी, न त पहिचान। रोजगारीको खोजीमा, देश टाढा पुग्यो, घर फर्कँदा समाजले "विदेशी" भनेर चिनेको। राजनीतिक भाषणले कान थाकिसके, विकासको वाचा कागजमै सुकिसके। युवाहरूको पसिना विदेशमा बग्छ, यहाँ नेताको सपना कुर्सीमा बस्छ। माताको आँखामा अझै त्यही पर्खाइ, छोराको फोनमा विदेशको रुखाई। समाजले मापन गर्छ पैसाले मान्छे, मानवियताको मूल्य हरायो जान्छे। विद्यालयमा पढाइ छ — “ईमान नै धन”, तर बाहिर संसारमा बेइमानको विजयन। परान रोइरहेछ चुपचाप भीडभित्र, किनभने सत्य बोल्न डराउँछ, यो समाज नित्र। तर आशा बाँकी छ, जागरणको पालो आउँछ, जब परानहरूले भित्रबाट ब्यूँझिन्छन् — तब समाज बदलिन्छ। --- महेश पौडेल लिखु तामाकोसी -7,रामेछाप
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
