"मेराे भित्रको म "
सिर्जनाको सुरुवातमा, मेरो शरीर बनाइयो र त्यसलाई छोरी भनियो, तर मनले कहिल्यै स्वीकार गरेन त्यो परिभाषा, म भित्रैदेखि अर्कै थिएँ भिन्न, अस्पष्ट । आमाले चुरा ल्याइदिन्थिन्, बुबाले लुगा बनाइदिन्थे गुलाबी र झकझके, तर म ऐनामा हेरेर भन्थें “यो म हैन, म त भित्र कतै छोरो हुँ।” खेलौना हेरिरहँदा म पुतली होइन, बन्दुक रोज्थें, कक्षा कोठामा जब शिक्षकले “छोरीहरू उठ” भन्थे, मेरो आत्मा चुप लाग्थ्यो किनभने ऊ उठिसकेको हुन्थ्यो, तर सुन्ने कसले? साथीहरू हाँस्थे, नाम भन्थे “छक्कापञ्जा”, समाजले मलाई 'अस्वस्थ' को दर्जा दियो, तर कसैले बुझेन म विरामी होइन, म त केवल आफू बन्न खोजिरहेकी छु। रातको अँध्यारोमा मेरो छातीमा थिचिएको पीडा चिच्याउँथ्यो "किन मलाई दोष दिइन्छ? किन म आफ्नो पहिचानको लागि माफी माग्नुपर्छ?" तर म चुप लागिनँ, म चिच्याएँ मेरो पहिचान मेरो छनोट होइन, यो त मेरो जन्मजस्तै प्राकृतिक हो। अब, म आफ्नो शरीर होइन, मेरो आत्माको परिभाषा बाँच्न चाहन्छु, म त्यो मान्यता चाहन्छु, जसले मलाई ‘अस्तित्व’ दिन्छ, न कि ‘दया’।
Poetry Books 50% Off
Bestselling collections from top poets
