अपरिचित व्यक्ती
बाटोमा भेट भइन्छ, तर नाम थाहा हुँदैन, आँखामा केही रहस्य हुन्छ, तर कुरा कहिल्यै खुल्दैन। मौन मुस्कानमा लुकेका सयौँ कथाहरू, शायद जीवनले लेखेका अधुरै रहरहरू। नजिकै भएर पनि टाढा जस्तो, मनमा प्रश्न हजार, जवाफ भने अल्झिएको। अपरिचित भनिन्छ तिमीलाई, तर के थाहा? भोलि तिमी नै जीवनको परिचित पाना बनौला।
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
