चिसो चुलो
बिहानको हतार, टाइको गाँठो कस्दै भान्सामा हेर्छु— चुलो चिसै छ, भाँडामा सपना जस्तै अधपकाएको भात। कार्यालयमा फाइल त तात्छन्, बोसको स्वर तात्छ, तर मेरो पेटमा दिनभर चिसो नै बस्छ भोक। घडीको सुई दौडिन्छ, म्यानेजरको नजर झन् छिटो, तर घर फर्किँदा थाकेका हातले फेरि उही चुलो बाल्नुपर्छ। तरकारी काट्दा आँखा पोल्छ, धुवाँले कि जिन्दगीले— छुट्याउन सक्दिन। छोराछोरीको प्रश्न सबैभन्दा गाह्रो हुन्छ, “आज पनि ढिलो?” म मुस्कुराउँछु, चुलो जस्तै— भित्रभित्रै निभेको। यो चुलो मात्र ग्यासको होइन, यो त मेरो धैर्य हो, संघर्ष हो, र भोलिको आशा पनि। एकदिन यसै चुलोमा सन्तुष्टिको भात पाक्नेछ, त्यो विश्वासले नै आज चिसो चुलो पनि तातो लाग्छ। Mahesh💫
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
