दामि छ — भत्किएका रहरहरूको साम
दामि छ —भत्किएका रहरहरूको साम्राज्य जिन्दगीले धेरै पटक ढालेको छ, तर हेर न, म अझै उठेर उभिएको छु, किनकि भत्किने बस्तीभित्रै सबभन्दा बलियो महल बन्ने हिम्मत लुकेर बसेको हुन्छ। लोग्नेसमानले हाँसेर हेरेका क्षण, आफ्नो भनिनेहरूले पीठ फर्काएका रात, सबैलाई सम्झेर म आज पनि हिँड्दैछु— आगोभित्र पनि मुस्कान साथ लिएर। कहिलेकाहीँ लाग्छ— म एक्लै छु, तर साँच्चै भन्ने हो भने मसँग साथ छ मेरो संघर्षको, मेरो आँसुको, र मेरो मौनताभित्र हराइरहेको ती निदाउला सपनाहरूको। विश्वासघातले पोल्छ, तर पोलाइले नै मान्छेलाई स्टिल बनाउँछ, अनि स्टिलले नै आफ्नो भाग्य आफैँ काटेर बनाइदिन्छ। आज म चोटमाथि चोट लिएर यहाँ उभिएको छु, तर मेरो आँखा भन्छ— “दुनियाँ, हेर, यो हार्ने मान्छेको नजर होइन, यो त जीत खोज्न निस्किएको आत्माको आगो हो।” सायद मेरो बाटो सजिलो छैन, तर कठिनाईले नै मलाई ‘दामि’ बनाएको छ। किनकि— जिन्दगीले जहिले चलाउँछ, म फेरि भन्छु— “म चल्ने होइन, म चलाउने मान्छे हुँ।”
Poetry Books 50% Off
Bestselling collections from top poets
