बेचिएको सपनाहरु
परदेश जानु अघिको भोली–भोलि, हातमै थामिएको थियो — आमा–बुबाको भरोसा, तेरो खुट्टा थाक्ला कि भन्ने डर, तर मनमा भने उज्यालो भविष्यको आशा। टिकट काटिँदा सपनाहरू पनि बेचिए, कति कुरा आफ्नै मनमै चुँडिए, हासेर भनें — “छिट्टै फर्किन्छु है आमा,” तर आँखा भने भिज्दै थिए, किनकि हरेक बिदाइमा आमाको केही हिस्सा साथै जान्थ्यो। बुबाको सल्लाह — “छोरा , दुःख त सहनै पर्छ,” हात समातेर भन्नुभयो — “तँले हेर्ने सपना हामीले हेरेका हौँ, बिर्सिनु छैन।” त्यो जिम्मेवारी कति ठूलो थियो थाहा त परदेशको चिसो रातले मात्रै दिन्छ। यहाँ आइपुग्दा, कामसँगै घाम पनि कठोर, भोकसँगै सहर पनि ठूला, तर सबैभन्दा ठूलो कुरा — आमा–बुबाको अनुहार सम्झिँदा रित्तो मन भरिन्छ। म कमाएको पैसामा होइन, घरबाट टाढा बसेर जमाएको सम्झनामा बाँचिरहेछु, किनकि यो परदेशले सिकायो — बेचिएका सपनाहरू भन्दा पनि नबेचिने आशा ठूलो हुँदोरहेछ। आमा–बुबा, म फर्किनेछु एकदिन— तपाईंहरूले हेरेको सपनालाई एउटै मुस्कानले तिर्न ।
Poetry Books 50% Off
Bestselling collections from top poets
