म किन भन्छु
म किन भन्छु म बिमार छु म सन्चै छु। घरिघरि म किन यो भन्छु? म छु मसँग म छु। म एक्लो छु म किन यो भन्छु? हो म भित्र बगिरहने खोला छैन। म किन भित्र पोखिन्छु। हार्छु जित्छु म हो मलाई हार्न मन छैन म किन यो मान्छु? म माटो हुँ म बाटो हुँ। किन बाटो भेटेको छुइन जहाँ गएपनि म पुग्छु म डराउँछु म किन यो भन्छु? म मर्छु थाहा छ के थाहा जिन्दगी कहाँ छ सासछ म किन छटपटिन्छु। दाउरा छ मेरो खरानी छ। मलाई बाँच्न दाउरा चाहिन्छ म किन यो भन्छु? आकाश छ छाना छ मैले सोचेको यो बहाना छ। म सक्छु बाँचिरहेको पशु छ म सक्दिन म किन यो भन्छु?
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
