कल्पना
*कल्पना* ✍️ ईश्वर ढकाल अगर प्रेम निर्वाचन झैं भएको भए निक्कै लामो भाषण दिन्थे तिमीलाई पाउँन जसरी नेता ले आफ्नो घोक्क्रो सुकाएर जनतालाई मन्त्र मुग्ध पार्दछन् म पनि तिम्लाई पाउँन त्यै एकै किसिमको भाषण दिन्थे उसले दिन्थ्यो आसन को लोभमा म चै तिम्रो साथकाे आशमा।। कहिले काँही एकान्त मा आफुई कल्पना गर्छु जसरी नेता को डङकार सुनेर जनता कुँदेर आउँछन् तिमी पनि मेरो आहट सुनेर कुँदेर आए... आहा कस्तो हुन्थ्यो होला त्यो पल जब तिम्रो हाथ मेरो काँध मा हुन्थ्यो.. अगर प्रेम सदन भएको भए नेता ले विरोधी माथि गरेको कढा विरोध झैं म पनि तिम्रो बिरुद्ध मा बोल्ने लाई मेरो ठूलो स्वर मा एकै पल्ट मा ती कुरा काट्ने हरुका पखेटा काटी दिन्थे।। साँचै प्रेम निर्वाचन झैं भएको भए ! अगर प्रेम बगेचा झैं भएको भए ,, जसरी माली ले सुकेको माटो लाई जीवन दान दिन्छन् मा पनि त्यसरीनै तिम्रो मुटुमा तिम्ले राखेका चाहना को वास्तविक रूप को बगैचा बनाई दिन्थे जहाँ तिमी पनि फूलमा भम्रा उडे झैं उडेर आफ्नो अनगन्ती पखेटा फिँजाएर घुम्थेउ अनि मपनि तिम्रो साथ साथै त्यै गति मा मग्न हुन्थेँ।।।। साँचै प्रेम आफूले कल्पना गरे झैं भएको भए।।।।।।।
Poetry Books 50% Off
Bestselling collections from top poets
