अनन्त प्रतीक्षा
मायाको समुन्द्रमा डुब्छु हरेक पल, तर प्रिय तिमी बिना यो मन रहन्छ खाली हल। सपनामा प्रिय नितिशा आउँछ्यौ, जाग्राममा हराउँछ्यौ, म भने बाटोमै उभिएर प्रतिक्षा मात्र गरिरहन्छु। साँझको आकाशमा जुन देख्दा प्रिय नितिशा तिम्रो मुहार सम्झिन्छु, रातको ताराहरूले चम्किँदा प्रिय नितिशा, तिमी नै मेरो उज्यालो ठान्छु। कहिल्यै मेरो नजर समातिदेऊ, प्रिय नितिशा, मेरो मौनतालाई सुनीदेऊ, माया तिमीलाई अनन्त छ तर प्रिय नितिशा, किन यति टाढा बस्छ्यौ? सपना तिम्रै रंगमा रंगिएको छ, धड्कन तिम्रै नाममा बगेको छ, प्रिय नितिशा, तिमीले हेर नहेर, म भने सधैं तिम्रो प्रतिक्षामा बाँचिरहेको छु।
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
