गाउँको मिठो बासना
गाउँको आकाश निलो, मनको शान्ति गहिरो, हरियो खेतमा हाँस्ने, धानको मुरी महिरो। घामको किरण टल्किन्छ, ओढारको ढुंगामा, आमाको माया झल्किन्छ, परालको घरमा। गाईको घण्टी बज्छ, साँझ पखाल्दै मेलो, साथीहरू रमाउँछन्, मेला र चेलो-बेलो। धारा मुनि हाँस्छन् केटीहरू, डोकोमा साग टिप्दै, गाउँको सरल जिन्दगी, सुनको सपना बुन्दै। शहरमा त उज्यालो होला, तर मनको शान्ति कहाँ? गाउँको माटो छोएपछि, आत्मा नै मुस्कान हुन्छ यहाँ। --- महेश पौडेल लिखु तामाकोसी -7 रामेछाप
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
