गजल
दुःखले दुःखी रहन्छ मुटुमा पनि घाउ भयो घुम्न हिँडेकोलाई थकाउने उसको पाउ भयो ।। परिस्थितिले यसरी पो खेल्दो रहेछ अहिले बुझे चिप्लेर लडेको पागललाई समाउने दाउ भयो।। समयले मलाई दिएन तिमीलाई दिन्छ पक्का हो तिमीलाई बाटो बताउने मुखको आवाज लडाउ भयो।। कसैको विश्वास नगर्नु यहाँ कोही सत्य छैन आफै मुटु दिनेले सम्पत्ति देख्दा फर्काउ भयो।। आफै उभ आफ्नो लागि आफै जित बरु आस नगर कसैको आफ्नै सपनाले थड्काउ भयो।।
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
